काठमाडाै - डाबर नेपालले डाबर बाटिका नेचुरल स्याँम्पु नयाँ रेन्ज ब्रान्ड एम्बासडरकाे रुपमा स्वस्तिमा खड्कालाई सार्वजनिक गरेको छ ।
काठमाण्डौकाे हायात प्यालेस्मा आयोजित एक कार्यक्रममा डाबर नेपालका व्यापार प्रमुख एच्. एस्. बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा डाबर बाटिका नेचुरल स्याम्पुको ब्रान्डको अनावरण गर्दै सेलिब्रिटि ब्राण्ड एम्बासडर स्वस्तिमा खड्कालाई सार्वजनिक गरेको हाे ।
डाबर नेपालले नेपाली स्याम्पु बजारमा आफ्नो उपस्थिती जनाउँदै नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरिय वाटिका स्याँम्पु उपलब्ध गराएको छ ।डाबरले साे स्याँम्पु तीनवटा भेरियन्टमा Black Shine श्याम्पु कालो र चम्किलो कपालको लागि,Thick & Long स्याँम्पु बाक्लो र लामो कपालको लागि र Anti- Dandruff स्याँम्पु चाँया मुक्त कपालको लागि बनाइएको जनाएकाे छ ।
हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरुले भरिपूर्ण छन् जसले कपालको विशेष समस्याहरुको समाधान गर्ने र कपाललाई नरम बनाउनुको साथै क्लिङसिङ्ग र कन्डिसियनिङ दिने डाबर नेपालकाे दाबी छ ।
एच. एस. बेदी, डाबर नेपालको व्यापार प्रमुखले भने, ‘डाबर बाटिका नेचुरल स्याँम्पुको लन्च डाबरको उपभोक्ता तर्फ प्राकृतिक हेयर केयरमा सबै भन्दा राम्रो समाधान दिँदै आएको प्रतिबद्घताको नतिजा हो । हाम्रो स्याम्पूको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण छ ।’
मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘डाबर बाटिका नेचुरल स्याँम्पु आफ्नो उपभोक्तालाई सधैँ केही नयाँ र रोमाञ्चक उत्पादन ल्याउने यस कम्पनीको निरन्तर प्रयासको नतिजा हो ।’
डाबर बाटिका स्याँम्पुको फर्मुला बजारको व्यापक अनुसन्धानपछि नेपाली उपभोक्ताको चाहना अनुरुप १० प्राकृतिक तत्वहरु सहित बजारमा ल्याएकाे गोर्खालीले बताए ।