काठमाडौं- बेलायती ब्यापारी निक क्यान्डीले प्रिमियर लिग क्लब चेल्सी किन्ने तयारी गरेका छन् । प्रिमियर लिग क्लबलाई बोली लगाउन ब्यापारी क्यान्डीले लगानीकर्तासँग छलफल गरिरहेको बीबीसीले जनाएको हो ।
ब्यापारी क्यान्डी चेल्सीका समर्थक समेत रहेको बताईएको छ । चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले दुई साता अघि क्लब बेच्ने घोषणा गरेका थिए ।
चेल्सी किन्नका लागि मार्च १५ सम्म दरखास्त पेश गर्नुपर्ने मिति रहेको छ । लण्डन क्लबका मालिक रोमनले क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको बताएका थिए ।
रोमनले २००४ मा चेल्सी किनेका थिए । तर, हालै उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ । उनी ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका थिए । उनको भिषा अवधि सकिएको छ । यस्तै युक्रेनमाथि रुसले आक्रमण थालेपछि बेलायतले रुसी नागरिकलाई भिषा दिन आनाकानी गरिरहेको छ ।