काठमाडाै - स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्न थालेको छ ।
निर्वाचनका सन्दर्भमा आयोगले ३० वैशाखलाइ ताेकेकाेले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बोलाइ अाज साढे ११ बजे छलफल गर्ने जनाएकाे हाे ।
साे जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएका हुन्। उनका अनुसार निर्वाचनका लागि आयोगले हालसम्म गरेको कार्य प्रगति जानकारी गराउने र राय सुझाव लिनेछ ।
आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।