काठमाडाै - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैँडा क्याम्प होटल बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई १०% छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले बर्दिया गैँडा क्याम्प होटलको सबै सेवा सुविधामा १०% छुट पाउने भएकाे हाे ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको जनाएकाे छ ।
मोबाइल बैकिङ्बाट खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल यो सुविधामार्फत यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
मोबाइल बैंकिङ् सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् र मुद्दती खाताको आवेदनसमेत दिन सक्ने लगायतका व्यवस्था गरेको बैकले जनाएकाे छ ।
डिजिटल बैकिङ्लाई सधैँ प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ सेवाको सुरुवात गरेको बताएकाे छ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ् सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।
देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ् ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएकाे छ ।