काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले भिमसेनगोलामा नयाँ शाखा विस्तार गरी सञ्चालनमा गरेकाे छ ।
बैंकले ग्राहकहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारदेखि काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा विस्तार गरी सञ्चालनमा गरेकाे हाे ।
बैंकको १२९औं शाखाको समुद्घाटन बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले सेवा शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंकका उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएकाे छ ।
भिमसेनगोला शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २६ पुगेको छ । बैंकको कुल शाखा संख्या १२९ पुगेको छ भने १० एक्सटेन्सन काउण्टर २६ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको विश्वास बैंकले लिएकाे छ ।