काठमाडौं - पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । एक सय ८१ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
हाल ५ हजार २१२ जना संक्रिय संक्रमित रहेका छन् भने ५ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् । यसका साथै १०४ जना संस्थागत आइसोलेसनमा रहेकाे मन्त्रालयले जनाएकाे छ ।
कोरोनाका बिरामीमध्ये ३२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत् छन् । शुक्रबार संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ७४१ पुगेको छ ।
नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ भने ९ लाख ६० हजार ६६८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४ जना कोरोना संक्रमित थपिएकाे मन्त्रालयले जनाएकाे छ ।