काठमाडौं – सशस्त्र प्रहरीले अवैध रकम समातेको छ । छिन्नमस्ता वाहिनीको इन्टर स्क्वायड टिमको सूचनाको आधारमा भारत पूर्वी चम्पारणबाट नेपालतर्र्फ आउँदै गरेको बिआर २९६९ नं.को मोटरसाइकालमा टुल बक्स, हेल्मेट र सिटमुनि लुकाएर ल्याएको स्रोत नखुलेको सो रकम समातेको हो ।
उक्त टिम नं. ११ गण रौतहटको पंकजकुमार सिंहको कमान्डमा ४ जनाको टोली खटिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले बताएका छन् ।
रौतहटको बौधिमाई न.पा.९ सरमझूवाबाट भारत पूर्वी चम्पारण (जि) मोतीहारी थाना महुअवा बस्ने वर्ष ४५को दिपनारायण प्रसादको मोटरसाइकालबाट स्रोत नखुलेको नेपाली रु.१८,७३,०००/– जफत गरेको प्रहरीले जनाएको छ ।
डिआइजी मगरका अनुसार थप कारवाहीको लागि गौर भंसार कार्यलयमा निज पक्राउ व्यक्तिसहित सो रकम बुझाइएको छ ।