[caption id="attachment_22491" align="alignleft" width="228"]
डा. बाबुराम भट्टराई[/caption]
नेपाली कांग्रेसः वैचारिक दृष्टिकोणले नेपाली कांग्रेस उदारवादी–पुाजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल हो ।
औपचारिक तवरले दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि २०४६ सालयताका उसका कुनै पनि व्यवहार र एजेण्डाले कांग्रेस समाजवादी दल भएको पुष्टि हुँदैन ।
मूलतः यो दलले नवउदारवादी आर्थिक नीति अबलम्बन गर्ने गरेको छ । यो पार्टी हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो । परिस्थितिवश गणतन्त्रमा आयो ।
संघवाद र समावेशी लोकतन्त्रलाई अझ जीवन्त, ठोस र मूर्त बनाउने जनताको चाहना र प्रयासमा यो दलले अवरोधको काम गरिरहेको छ ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीचको समानता
यी दुवै मूलतः लोकतान्त्रिक धारका दल हुन् । तर, कांग्रेस ‘उदार लोकतन्त्र’ मा विश्वास गर्ने दल हो भने जसपा ‘समावेशी लोकतन्त्र’ मा विश्वास गर्ने दल हो । कांग्रेस संसदीय प्रणालीमा विश्वास गर्ने दल हो भने जसपा सहभागितामूलक, प्रत्यक्ष र समानुपातिक प्रणालीमा विश्वास गर्ने दल हो ।
कांग्रेस नवउदारवादी आर्थिक नीतिमा विश्वास गर्ने दल हो भने जसपा सामाजिक उत्तरदायित्वसहितको बजार अर्थतन्त्र अर्थात् ‘बजार–समाजवाद’ मा विश्वास गर्ने दल हो । कांग्रेस परोक्ष÷प्रत्यक्ष देशको एकात्मक, एकल जातीय, एक भाषिक नीतिलाई प्रतीरक्षा गरिरहेको छ भने जसपा बहुसाँस्कृतिकतावादको पक्षमा दृढतापूर्वक उभिएको छ ।
कांग्रेसले उत्पीडित राष्ट्रियताहरूको पहिचान, अधिकार र मुक्तिको प्रश्नलाई अझै आत्मसात् गर्न सकेको छैन भने जसपा यी सवालको मुख्य संवाहक दल हो । कांग्रेस र जसपाबीचका यी मुख्य भिन्नता हुन् । लोकतन्त्रको विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा कांग्रेसस“ग जसपाको सहकार्य हुन सक्दछ । बा“की प्रश्नमा प्रतिस्पर्धा र संघर्ष हुन्छ ।
नेपाल कम्युनिस्ट पार्टीका घटकहरूः
नेपालमा दर्जनौं कम्युनिस्ट समूह छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ठूला कम्युनिस्ट समूह हुन् । साना कम्युनिस्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाले संसद्मा प्रतिनिधित्व गर्दछन् ।
संसद्मा नभएका नेकपाका अन्य घटकहरू वैद्य, विप्लव, आहूति, माले आदि अनेक समूहहरू छन् । यी सबै समूहको विचार र उत्पतिको आधार एउटै हो । यी सबै समूह रुसी अक्टोबर क्रान्ति, सोभियत प्रणाली, चिनियाँ ‘नयाँ जनवादी क्रान्ति’ र माओत्से–तुङ विचारधारा/माओवादबाट प्रभावित छन् ।
यी सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेका हुन् । तसर्थ हाम्रो पार्टीको दृष्टिकोणमा नेकपाका घटकहरू आधारभूत रूपमा उस्तै हुन् । एउटै पेन्सिलका फरक–फरक टुक्रा मात्रै हुन् । तर, तात्कालिक विचार, कार्यनीति र कार्यदिशाका दृष्टिकोणले यिनीहरूबीच केही भिन्नता पनि छ ।
सन् १९९० को दशकमा सोभियत संघको पतनपछि एमालेले ‘जनताको बहुदलीय जनवाद’मार्फत् ‘संसदीय प्रणाली’को बाटो समात्यो ।
माओवादी केन्द्र एमालेसँगको एकता, नेकपा (नेकपा)को निर्माण र विभाजनपछि झण्डैझण्डै त्यही स्थितिमा पुगेको छ । औपचारिकरूपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलक विचारधारा माओवादी केन्द्रसँग बाँकी छैन । हाम्रो पार्टीको दृष्टिकोणमा एमाले मूलतः बहुदलीय जनवादमार्फत् नेपाली कांग्रेसजस्तै उदार संसदीय लोकतन्त्रवादी दलमा रूपान्तरण भएको छ ।
कांग्रेस र कम्युनिस्टको ब्राण्ड नामबाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता पाउन गाह्रो छ । कांग्रेस र एमाले एउटै सिक्काका दुई पाटा जस्तै हुन् । दुवैै दलले वर्तमान संविधानलाई संसारको उत्कृष्ट संविधान भन्दै दीपावली गरेका थिए ।
दुवै दल संघीयता, समावेशिता, प्रत्यक्ष, सहभागितामूलक लोकतन्त्र, समानुपातिकता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, उत्पीडित राष्ट्रियताहरूको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा उस्तै र उत्तिकै अनुदार देखिन्छन् । कांग्रेसले अभ्यास गरिरहेको नवउदारवादी अर्थनीतिभन्दा फरक एमालेले कुनै तात्विक भिन्नता भएको अर्थनीति प्रस्तुत गर्न सकेको छैन ।
उत्पीडित राष्ट्रियताहरूको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा, शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिन्छ । तर, यी सवालमा पनि माओवादी केन्द्रले अवसरवादी नीति अख्तियार गर्ने गरेको छ ।
एमालेस“ग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमालेजस्तै भएको थियो । बा“की प्रश्नमा भने माओवादी झनै अनुदार, संकीर्ण, शास्त्रीय र अवसरवादी वामपन्थी समूहका रूपमा देखिएको छ । नेकपा (एकीकृत समाजवादी)को विचार, सिद्धान्त र एजेण्डा के हो, त्यो एमाले र माओवादी केन्द्रस“ग के कति कारणले समान वा फरक भन्ने अझै प्रस्ट छैन ।
केपी शर्मा ओलीको असंवैधानिक संसद् विघटनस“ग विमति राखेको एमालेबाट फुटेको दल भएको हु“दा यसको विश्लेषण पद्धति आधारभूत रूपमा एमालेको जस्तै छ । यो दलले कुन बाटो रोज्छ, यसको राजनीतिक भविष्य के कस्तो हुन्छ अझै केही समय पर्खेर हेर्नु पर्दछ । सोहीबमोजिम कुन हदसम्म सहकार्य गर्न सकिन्छ वा सकिँदैन, निर्णय गर्दै जानुपर्ने हुन्छ ।
एमसिसी प्रकरणमा यी तीन वटै कम्युनिस्ट समूहले चरम अस्थिरता, अवसरवाद र द्वैध चरित्र प्रदर्शन गरे । देशको अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यको विश्वासनीयता र प्रतिष्ठा, भूराजनीति र विकासजस्तो गम्भीर र संवेदनशील विषयमासमेत सस्तो राजनीति गरे ।
जनता र विश्वको आँखामा आफैंलाई अविश्वासनीय र नाटकी सिद्ध गरे । साना वामपन्थी वा कम्युनिस्ट समूहरूमा कुनै उल्लेखनीय नया“ विचार र सिर्जनशील क्षमता देखिएको छैन । तिनीहरूस“ग देशको राजनीतिक कार्यदिशालाई प्रभावित गर्नसक्ने क्षमता देखिन्न ।
शास्त्रीय साम्यावादको विश्व असफलतापछि पनि पुरानै वैचारिक आग्रह छोड्न नसकेको कारणबाट उत्पन्न कुण्ठा, निरासा, हतासा, विम्रभ र उद्धिग्नताबाहेक साना वामपन्थी समूहस“ग थप कुनै गुण देखिन्न । समग्रमा नेपालका सबै साम्यवादी समूहका साझा समस्या छन् ।
विश्व साम्यवादी आन्दोलनमा आएको व्यापक उतारचढाव, पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्य असान्दर्भिक बनेको अवस्था, विश्व इतिहासप्रति सिर्जनशील आलोचनात्मक चेतको कमी, कतै पलायन र विसर्जन, कतै जडता र रुढताले नेपालको कम्युनिस्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको छ ।
एकातिर उनीहरूले माक्र्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् । अर्कोतिर यी विचारको विश्व सान्दर्भिकता, व्यवहारिक प्रयोग र प्रयोजनशीलताबारे व्यापक अन्योल, अविश्वास, निरासा र हिनताभाष व्याप्त छ । यही वैचारिक रन्थनाहटबीच कतिपयले आफूलाई ‘दार्शनिक तथा वैचारिक कम्युनिस्ट नभएर केवल राजनीतिक रूपमा मात्र ‘कम्युनिस्ट’ भएको बुझिदिन आग्रह गर्दै आएका छन् ।
नेपालका कम्युनिस्ट समूहहरूस“ग अब कुनै आशा, अपेक्षा र भरोसा राख्न सकिन्न । आफैं भ्रमित व्यक्ति, आन्दोलन र संगठनले देश र जनताको सही नेतृत्व गर्ने कुरै हु“दैन । लोकतन्त्रको विश्वव्यापी मान्यताप्रति पनि उनीहरू प्रतिबद्ध छैन ।
देशको सामाजिक विविधतालाई सम्बोधन गर्ने विधि संघवाद, समावेशिता, समानुपातिककता, बहुसाँस्कृतिकतावाद, सामाजिक न्याय, आरक्षण आदि सवालप्रति पनि वामपन्थी समूहहरू खासै सकारात्मक र प्रतिबद्ध छैनन् । कम्युनिस्ट समूहहरूबाट सन्तुलिन अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिक जटिलताको सम्बोधन पनि सम्भव देखिन्न ।
नत यिनीहरूसँग कुनै ठोस आर्थिक नीति तथा विकास र समृद्धिको मोडेल नै छ । सरकारमा भएका बेला यिनीहरूले पनि आसेपासे पु“जीवाद, भ्रष्टाचार, कमिसनखोरीकै अभ्यास गर्दै आएका छन् । समग्रमा वामपन्थी तथा कम्युनिस्ट समूहहरूको देशको अग्रगामी रूपान्तरण, समतामूलक समृद्धि र समावेशी विकासको मार्गमा जानेर, नजानेर व्यवधानजस्तो बन्न पुगेका छन् ।
राप्रपाः
राप्रपा/राप्रपा नेपाल रुढीवादी धारको प्रतिनिधि दल हो । पुराना शासक वर्ग र परिवार–राणा, शाह र पञ्चहरूको विरासतको गर्भबाट यो दलको उदयर अस्तित्व कायम भएको हो ।
जनतामा निहित धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहने यो दल पछिल्लो चुनावमा निक्कै कमजोर भएको छ । पछिल्लो समय ‘एकता महाधिवेशन’ गरेको यो दल महाधिवेशनलगत्तै विभाजित भएको छ ।
शक्तिले सानो भए पनि विचारले यो दल सबैभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल हो । यो मूलतः लोकतन्त्रविरोधी, सामन्ती तथा रुढीवादी निरंकुशतावादी विचारको दल हो ।
यो दल लोकतन्त्र, गणतन्त्र, संघवाद, समावेशिता, समानुपातिकता, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, बहुसाँस्कृतिवाद, समाजवाद र धर्मनिरपेक्षताको विरुद्धमा छ ।
यो दलले बेलाबेला ‘राजा आऊ, देश बचाऊ’ जस्ता भ्रम फैलाउने गर्दछ । लोकतन्त्र, गणतन्त्र र संघवादलाई बदनाम गर्न अनेक कुतर्क र प्रोपागण्डा गर्ने गर्दछ । त्यसो हुने कुनै सम्भावना छैन ।
लोसपाः
हाम्रो पार्टीबाट चोइटिएको एउटा समूहले लोकतान्त्रिक–समाजवादी पार्टी (लोसपा) गठन गरेको छ । यो दलस“ग विचार, सिद्धान्त र एजेण्डाको प्रस्टता छैन । मूलतः प्रतिगमनकारी ओली सरकारलाई साथ दिने कि नदिने भन्ने प्रश्नमा मतभिन्नता भइ यो समूह हामीबाट चोइटिएको हो ।
ओली सरकारको दुई–दुई पटकको असंवैधानिक संसद विघटन गलत थियो, ओली सरकारमा सामेल हुनु त झनै आत्मघाती थियो भन्ने व्यवहारबाटै पुष्टि भइसकेको सन्दर्भमा यो पार्टीबारे थप विश्लेषण गरिरहन आवश्यक देखिन्न ।
अन्य दलहरूः
त्यसका अतिरिक्त विवेकशील–साझा पार्टी र यसका विभिन्न समूहहरू पनि देशको राजनीतिमा क्रियाशील छन् । यी समूहहरू विचार र शक्ति दुवै दृष्टिकोणले अस्तित्व संकटको अवस्थामा देखिन्छन् । यसभित्रको एउटा पंक्तिले विचारमा पश्चगामी फन्को मारेको छ भने प्रगतिशील–लोकतान्त्रिक सोच भएका युवा त्यस्तो अवसरवादी फन्कोबाट असन्तुष्ट र निरास भएको छ ।
यस पार्टी र आन्दोलनमा भएको विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीतिको अग्रगामी मूलबाटोमा जान चाहने युवा पंक्ति सानै संख्यामा भए पनि देशको प्रगतिशील र सकारात्मक शक्तिको स्रोत हो । उनीहरूसँग संवाद र सहकार्य गर्न सकिन्छ । तराई–मधेशका केही जिल्लामा जनमत नामको पार्टीले केही राजनीतिक गतिवधि गरिरहेको पाइन्छ ।
यो पार्टीका वास्तविक राजनीतिक अभिष्ट के हुन् भन्ने अझै प्रस्ट छैन । ‘स्वतन्त्र मधेस’ को नाराबाट यसको नेतृत्व चर्चामा आएको थियो । पछि त्यसले ओली सरकारसँग आत्मसमर्पण ग¥यो । यसले हाम्रो पार्टी र मधेस सरकारविरुद्ध अनेक अवाञ्छित र झुठा प्रोपागण्डा गरेको छ ।
(जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईद्वारा पार्टीको प्रथम संघीय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनबाट साभार)