[caption id="attachment_22494" align="alignnone" width="800"]
२०७८ फागुन २९ गते आईतबार[/caption]
काठमाडाै - पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग ,मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
मौसम पूर्वानुमान बुलेटिनका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
हाल मौसमको अवस्था भने देशको पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
विभागका अनुसार देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भु-भागमा मौसम सामान्यतया सफा रहने छ।