ओखलढुंगा - आइजेएफ एथ्लेटिक कमिसनका अध्यक्ष ४१ वर्षीय सब्रिना फिल्ज्मोजर (Sabrina Filzmoser) आफ्ना टोलीसँग ओखलढुंगा पुगेकी छन् । पश्चिम बंगालकाे समुद्रबाट साइकलको यात्रामार्फत जुडाे फर पिस नाराकासाथ सगरमाथा चढ्न आइतबार ओखलढुंगामा पुगेकी हुन् ।
उनीलगाएतका टिमलाई ओखलढुंगा जिल्ला जुडो संयोजक सुर्यप्रकाश सुनुवारले स्वागत गरेको बताएका छन् । जलवायु परिवर्तन र विश्वशान्तिका लागि उनले अक्सिजनबिना नै सर्वोच्च शिखर सगरमाथा आरोहणको योजना आइजेएफको वातावरण दुतसमेत भएकी सब्रिनाले बताइन् ।
उनका अनुसार सब्रिनाको सगरमाथा यात्रासाइकलबाट जहाँसम्म पुग्छ त्यहाँसम्म लाने र बाँकि पैदल जाने लक्ष्य रहेको बताए । सब्रिना फिल्ज्मोजर एक सेवानिवृत्त अस्ट्रियाई जुडोक हुन् ।
उनी विश्व जुडो च्याम्पियनशिपमा दुई पटक स्वर्ण पदक विजेता हाँसिल गरेकी छिन् । साथै युरोपेली जुडो च्याम्पियनशिपमा दुई स्वर्णसहित पदकका विजेता बन्न सफल भएकी हुन् । जापानमा भएकाे टोकियो अाेलम्पिक २०२०का सबैभन्दा जेष्ठ जुडो खेलाडी पनि हुन् ।