काठमाडाै - सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका-४, रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालन थालेको छ । सो एक्सटेन्सन काउन्टर उद्घाटन प्रदेश नं. १ का पूर्वमन्त्री अम्बिरबाबु गुरुङले गरेका हुन् ।
काउन्टर उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, रुम्जाटार यातायात व्यवस्था कार्यालयका प्रमुख गोपाल दाहालकाे उपस्थिति रहेकाे बैकले जनाएकाे छ ।
सिद्धिचरण नगरपालिका-४ का अध्यक्ष रत्नबहादुर गुरुङ, रुम्जाटार माविका प्रधानाध्यापक गोकर्णबहादुर बानियाँ, सिभिल बैंकका चिफ क्रेडिट बिजनेस सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाललगायत सहभागी रहेका बैंकले जानकारी दिएको छ ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरूले यातायात व्यवस्था कार्यालयसँग सम्बन्धित सम्पूर्ण कर तथा दस्तुरहरूको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्ने बैंकको दाबी छ ।
बैंकले हालसम्म करिब सात लाख ग्राहकहरूलाई ११५ शाखाहरू, ११ एक्सटेन्सन काउन्टरहरू तथा ९७ एटीएममार्फत सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।