नेपाली चलचित्र इतिहास त्यति लामो छैन । तर, नेपालको पहिलो चलचित्र कुन हो भन्नेृ विषयमा बेलाबेला विवाद उठ्ने गरेको छ । ‘सत्य हरिशचन्द्र’ र ‘आमा’मध्ये कुन चलचित्र पहिलो हो भन्ने विरोधाभास चलिरहन्छ ।
यद्यपि, यी दुई चलचित्र निर्माण भएको समयमा अन्य चलचित्र बनेका थिएनन्, जसकारण यी दुईमध्ये एक पहिलो नेपाली चलचित्र हो भन्ने निश्चित नै छ । ‘सत्य हरिशचन्द्र’लाई पहिलो चलचित्र मान्ने हो भने नेपाली चलचित्रको इतिहास ७० वर्ष पुग्छ । यदि ‘आमा’लाई पहिलो चलचित्र मान्ने हो भने एक दशक घट्ने देखिन्छ ।
कोभिड–१९ महामारीका कारण विश्वको अर्थतन्त्र निकै धराशायी बन्न पुग्यो । नेपालजस्तो विकासोन्मुख मुलुकमा कोभिड–१९ को प्रभाव झन् बढी प¥यो । २०७२ सालको विनासकारी भूकम्पले थिलथिलो बनाएको मुलुकको अर्थतन्त्र विस्तारै माथि उठ्दै गरेको अवस्थामा विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसले पुनः प्रभावित बनायो ।
कोरोनाको प्रभावपश्चात् मुलुकको अर्थतन्त्र, व्यापार व्यवसाय, उद्योगधन्दा, कलकारखाना विस्तारै माथि उठ्दै गरेको अवस्थामा नेपाली चलचित्र क्षेत्र भने अझै पनि माथि उठ्न सकेको छैन । कोरोनाको पहिलो, दोस्रो, तेस्रो लहरको प्रत्यक्ष प्रभाव चलचित्र क्षेत्रले भोग्नुप¥यो, जुन आजसम्म पनि कायमै रहेको छ । यतिबेला चलचित्रस“ग आबद्ध रहने चलचित्रकर्मीहरू प्रायः बेरोजगार जस्तै छन् ।
चलचित्र क्षेत्रलाई नै कर्म क्षेत्र बनाएका एकाध निर्माता, निर्देशक, कलाकार, प्राविधिक टोलीबाहेक अन्यको हात खाली छ । यद्यपि, म्युजिक भिडियो बन्ने क्रम भने अहिले बढेको छ । निर्माण सकिएका चलचित्र प्रदर्शनको मिति तय भएका छन् । चलचित्र क्षेत्रमा निस्क्रिय अवस्था सिर्जना हुनुमा कोरोना भाइरसको महामारीलाई कारण मानिन्छ । यद्यपि, अहिले भने केही सक्रिय हुँदै गएको छ ।
कोरोनाकै कारण पर्दामा देखिने कलाकारले वैकल्पिक मार्ग अपनाउ“दै अर्थोपार्जन गरेका छन् भने पर्दाबाहिरका सिनेकर्मीको अवस्था भने दर्दनाक रहेको देख्न सकिन्छ । हुन त चलचित्र क्षेत्रको यो अवस्था नेपालमा मात्र होइन, विश्वमा नै यस्तै हालत छ । अन्य मुलुकमा भने चलचित्र क्षेत्र विस्तारै उठ्दै छ ।
तर, नेपालमा भने उठ्नै सकिरहेको छैन । निर्माण भएर बसेका चलचित्रको थुप्रो नै लागिसकेको छ तर प्रदर्शन गर्न कोही निर्माताले अग्रसरता देखाएको पाइ“दैन । पछिल्लो समय नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ लगायतका चलचित्र प्रदर्शनमा आयो ।
यसले केही सकारात्मक सन्देश प्रवाह गरेको मान्न सकिन्छ । अन्य निर्माता निर्देशकले चलचित्र प्रदर्शन गर्न खोजेता पनि दर्शकको उपस्थिति नभएमा चलचित्रले लगानी उठाउन निकै मुस्किल पर्ने अवस्था आत्तिएका छन् । हलसम्म दर्शक जाने परिपाटी विस्तारै बढ्दै गएको थियो । नेपाली चलचित्रलाई माया गर्ने बानी बस्दै थियो तर कोरोना महामारी बाधक बनिदियो ।
त्यतिमात्र होइन कोरोनाको प्रभावकै कारण कतिपय हलसमेत बन्द भइसकेका छन् । मुलुकमा पहिलो लकडाउन सुरू हुनुभन्दा अगाडि निर्माण सम्पन्न भएका चलचित्रहरू प्रदर्शन गरी लगानी उठाउन मुस्किल हुने अवस्था छ । अहिले बन्ने चलचित्रका लगानी करोडभन्दा निकै माथिका बजेटमा हुन्छन् । सहजै लगानी सुरक्षित गर्न निकै मुस्किल नेपाली बजार छ । त्यसमाथि नेपाली चलचित्र उद्योगमा भारतीय चलचित्रको दबदबा कायम रहुञ्जेल साधारणतया नेपाली चलचित्रले लगानी उठाउन गाह्रो छ ।
तसर्थ, भारतीय चलचित्रलाई कम प्राथमिकता दिँदै नेपाली चलचित्रलाई प्रदर्शनमा उच्च प्राथमिकता दिन आवश्यक छ, जसबाट यो उद्योग बचाउन सकिन्छ । नेपाली चलचित्र क्षेत्रमा भारतीय फिल्मको दबदबा कायम छ । नेपाली चलचित्रमा कति प्रभाव पा¥यो भन्ने विषयमा हालसालै प्रदर्शन भएको भारतीय चलचित्र सूर्यवंशीको उदाहरण काफी छ । यसर्थ, नेपाली चलचित्र हेर्ने नेपालीमा बानी बसाल्न जरूरी छ । कोरोनाको त्रासबाट माथि उठाउँदै सुरक्षित वातावरणमा नेपालीपनको चलचित्र प्रदर्शनको खाँचो छ जसबाट लगानी सुरक्षित बनाउन पहल कदमीको खाचो छ ।
यो त भयो नेपाली चलचित्रमा कोरोना महामारी पछिको बजारको अवस्था, अब यो क्षेत्रलाई चलायमान बनाउन जरुरी देखिन्छ । तर चलचित्र प्रदर्शन नभए पनि नेपाली चलचित्र क्षेत्र विभिन्न बहानामा चलयमान बनिरह्यो । रंंगमञ्च भन्नेबित्तिकै एउटा रमाइलो दुनियाभित्र पर्ने गर्दछ । यो क्षेत्रमा कार्य गर्दा रमाइलो मात्र हुने अनुमान पर्दाबाहिर बसेर गरिन्छ । यो क्षेत्रमा कार्यरत चर्चित व्यक्तिहरूको स–साना विषयले समेत सञ्चारमाध्यममा राम्रो स्थान पाउने गर्दछ । प्रेम, बिछोड, विवाह, सम्बन्ध विच्छेद्जस्ता घटना त यहा“ सामान्यजस्तै भइसकेका छन् ।
दर्शक श्रोता शुभेच्छुकको माया पाएका कलाकारहरूले जिन्दगीको रमाइलो नै यही हो भन्दै त्यसैको पछि लाग्नेहरूलाई भविष्यमा के होला भन्ने कुराको हेक्का राख्न जरुरी छ । यही रमाइलोभित्र जिन्दगीभर संघर्ष गरेर कमाएको मान, सम्मान, प्रतिष्ठा निमेषभरमै खरानी हुन बेर पनि लाग्दैन । रंगमञ्चमा हुने चर्चा र आलोचनाको घटना नेपालमा मात्र हुने होइन, अन्य मुलुकमा पनि यस्ता घटना हुने गर्दछ । रातारात ‘स्टार’ बनेका सेलिब्रेटीहरू स्टारडम गुमेका उदाहरण हामीले देखेका छौं ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्र एकाएक तातियो । तातिनुमा कुनै नेपाली चलचित्रले सुपरडुपर हिट भएर, १०० दिन मनाएर भव्य सफलता पाएर भने तातिएको होइन । अभिनेता पल शाहलाई एक नाबालिक गायिकाले आफूमाथि पटक–पटक विभिन्न स्थानमा जबर्जस्ती यौनशोषण गरेको आरोपसहितको उजुरी प्रहरी कार्यालयमा दर्ता गरेस“गै चलचित्र उद्योगमा चर्चा र आलोचना दुवै बढ्दै गएको छ ।
आरोपित नायक शाह स्वयं प्रहरीमा उपस्थित भएपछि उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानपछिको परिणाम भने प्रतीक्षा गनैपर्छ ।नेपाली चलचित्र क्षेत्रमा यस्तो घटना यो नै पहिलो भने होइन । जबर्जस्ती यौन शोषणका घटनायसअघि पनि बाहिर आइसकेका छन् । दोषीले सजाय पनि पाएका छन् । पीडितलाई क्षतिपूर्ति भराइएको छ भने यस्ता घटनाको सामना गर्न नसक्नाले आत्महत्याजस्ता दुर्घटनासमेत नेपाली चलचित्र क्षेत्रमा भएको सर्वविदितै छ ।
कुनै समय निर्माता तथा निर्देशक छवि ओझाले श्रीमती शिल्पा पोखरेललाई शारीरीक हिंसा गरेको विषयले पनि चलचित्र क्षेत्र तातिएको थियो । त्यस्तै अर्का निर्देशक तथा निर्माता भुवन केसीविरुद्ध एक नायिकाले आफ्नो इच्छाविपरीत अनैतिक हर्कत देखाएको आरोप लगाएकी थिइन् । अर्का गायक प्रकाश ओझा त जेलसमेत परेका थिए ।
नायक पलको विषयमा चलचित्रकर्मीहरू यतिबेला दुई कित्तामा विभाजित भएका छन् । चलचित्रकर्मीहरू खुलेरै कोही पीडितका पक्षमा छन् भने कोही आरोपितका पक्षमा उभिएका छन् ।
घटनाको फैसला आउनु अगाडि नै सञ्चारमाध्यमहरू यहाँ न्यायाधीश बनिसके । कतिपय अनलाइन विद्युतीय सञ्चारमाध्यमहरूले तर्क र वितर्कका कुरा गर्दै छिनोफानोसम्म गर्न भ्याए । तर अहिले विस्तारै यो घटना सेलाउ“दै गएको छ ।
समग्रमा भन्ने हो भने घटनाको सत्यतथ्य बाहिर ल्याउने जिम्मा प्रहरी र अदालतको हो । तर यस्ता विषयमा बढी बहस गर्नाले पीडितले न्याय नपाउने त्यस्तै आरोपितले उत्मुक्ति पाउनसक्ने खतरा बढ्दै गएको छ । तर त्यस्तो कदापि हुनु हुँदैन । दोषी ठहरे कानुनबमोजिम सजाय भोग्नैपर्छ भने पीडितले न्याय पाउन जरूरी छ । कानुनको नजरमा सबै एक हुन् । त्यसैले यो रंगमञ्चलाई सही सदुपयोग गरौं । दुरूपयोग भयो भने पछिल्लो पुस्ताले यो क्षेत्रलाई पेसागत रूपमा अठोट लिन झन् कठिन बन्ने स्पष्ट हुन्छ ।