काठमाडौं - नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुर र भारतको डेलनेट जेनु क्याम्पसवीच एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । डेलनेट इण्डियाको लार्जेष्ट रिसोर्स सेयरिंग लाइबे्ररी नेटवर्क हो ।
भारतको सबैभन्दा ठूलो संसाधन साझेदारी पुस्तकालय नेटवर्क डेलनेटको ३३ राज्य र आठ देशहरूमा ६ हजार आठ सय भन्दा बढी पुस्तकालयहरू लिङ्क गर्दै आएको छ ।
समझदारीपछि नेकले कला, विज्ञान, वाणिज्य, शिक्षा, सामाजिक विज्ञान, व्यवस्थापन, ईन्जिनियरिङ् प्रविधि, दन्त र चिकित्सा विज्ञान आदिसहित विभिन्न क्षेत्रहरूमा चयन गरिएका अन्तर्राष्ट्रिय पूर्ण–पाठ पत्रिकाहरूमा पहुँच हुने जनाइएको छ ।
साथै इ पुस्तकहरू (अन्तर–पुस्तकालय ऋणमा) उधारो र जर्नल लेखहरूको प्रतिलिपिहरू प्राप्त गर्ने सुविधाका साथ पुस्तकहरू, जर्नलहरू, लेखहरू, इत्यादिको तीन करोड भन्दा बढी क्याटलग रेकर्डहरूमा पहुँच हुने जनाइएको छ ।
समझदारीपछि ई–पुस्तकहरू, ई–लेखहरू र ई–जर्नलहरूसहित एक दशमलब ६ करोड भन्दा बढी पूर्ण–पाठ कागजातहरू प्राप्त गर्न सकिने जनाइएको छ ।
यी सवै कामका लागि सबै सहयोगी हातहरू विशेष गरी कम्प्युटर विज्ञान र इन्जिनियरिङ विभागका प्रमुख सहायक प्राध्यापक सुन्दर कुँवर, समन्वयको लागि सहायक प्राध्यापक आशिष के झा, र कागजी कार्य पूरा गर्नका लागि नेक पुस्तकालयलाई धन्यवाद दिइएको छ ।
यसबाट कलेजका विद्यार्थी, शिक्षक र कर्मचारीहरूले डेलनेटलाई यसको पूर्ण क्षमतामा प्रयोग गने विश्वास नेकले लिएको छ ।