काठमाडौं - आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्यमा गिरावट आएकाे छ ।
छापावाल सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैँयाले घटेर एक लाख पाँच सय रुपैँयामा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ३००मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ८०० तोकिएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख रहेकाे महासंघले जनाएकाे छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले घटेर एक हजार ३८० तोकिएको महासंघले बेबसाइटमा उल्लेख गरेकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा दैनिक कारोबार मूल्य महासंघले तोक्दै आएको छ ।