काठमाडौं - सन्राइज बैंकले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य योजना ल्याएकाे छ ।
विभिन्न सेवामा स्वास्थ्य सुविधालाई पनि प्राथमिकता दिँदै बैंकमा बचत गर्दा ग्राहकहरुले बचत र ब्याज मात्र हैन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्चसमेत पाउने स्वास्थ्य योजना ल्याएकाे हाे ।
२०७४ साल चैत्र १ गतेदेखि सन्राइज बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिन बैंकले जनाएको छ ।
बैंकले स्वास्थ्य बीमा अन्तर्गत अस्पताल भर्ना र ओ.पि.डी खर्च गरी रु.१ लाख सम्मको बीमा दिएको छ । उक्त बीमा रकम वर्षमा तीन पटक सम्म गरी दाबी गर्न सकिने जनाइएकाे छ । साथै ५ लाख सम्म दुर्घटना बिमा पनि दिइएको बैंकले जनाएकाे छ ।
बैंककाअनुसार पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बिमा दिँदै आएकोमा यस वर्ष देखि नेपाल लगाएत भारतका ७० वटा अस्पताल तथा Singapore / Thailand का अस्पतालमा उपचार गराउँदाको खर्चसमेत स्वास्थ्य योजना अन्र्तगत दाबी गर्न सकिनेछ ।
साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिने भएको छ ।
महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग आदि सहितका १८ घातक रोगहरु यसले समेट्ने जनाइएकाे छ । साथै महिलाहरुलाई प्रसुति खर्च स्वरुप रु.१०,००० सम्म दिइने बैंकले जनाएको छ ।
उक्त प्रसुति खर्च भने सरकारी तथा अर्ध सरकारी अस्पतालमा प्रसुति गराउदा लिन सकिने छ । ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिएको र यसले हाल सम्म हजारौँ ग्राहकहरु लाभान्वित भइसकेको बैंकको भनाई छ ।
हाल उपलब्ध सबै खाले बचत खातामा यो सुविधा उपलब्ध रहेकाे बैंकले बताएकाे छ । हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंककाे विश्वास छ ।