काठमाडौं - एनएमबि बैंकले भिडियो अकाउन्ट सेवा सुरु गरेकाे छ । अनलाईनबाट एनएमबिको भिडियो अकाउन्ट ओपनिङमार्फत डिम्याट, मेरो शेयर र सिआरएन अनलाईनबाट नै सुविधा लिन मिल्ने याेजना एनएमबि बैंकले ल्याएकाे जनाएकाे छ ।
बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसि डिम्याट, मेरो शेयर र सिआरएन अनलाईनबाट पनि नै सुविधा लिन सकिने योजना ल्याएको छ ।
ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्दछन् ।
‘एनएमबि बैंकले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआईकनै बैंकिङ गतिविधिहरु संचालन गर्न सक्दछन् ।
हालको परिवेशमा यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग सेवा प्रदान गर्दछ । यस बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले बैंकको वातावरण मैत्री बैंकिङप्रति पूर्ण प्रतिबद्धतालाई यस्तो प्रकारको सेवाले परिपुर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको भएको बैंक हो ।
एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको जनाएकाे छ ।
एनएमबि बैंक नेपाली बैंकिङ् जगतमै शुरुदेखि अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक रहेकाे दाबी छ ।