काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ ।
ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको हो ।
यस जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजिवन जीवन बीमा रहेकाे कम्पनीले जनाएकाे छ ।
मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न सावधिक र आजिवनको विशेषता भएको “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना बजारमा कम्पनिले ल्याएको बताएकाे छ ।
बीमा अवधि समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बीमा योजनाको अर्को विशेषता रहेकाे कम्पनीकाे भनाइ छ ।