काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेड र हेफर नेपालबीचकाे सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम संचालन भएकाे छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्न हेफर नेपालसंग सम्झौता गरेको हाे ।
उक्त सम्झौताअनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ क्षेत्रभन्दा बाहिर रहेएका ग्राहकहरुलाई बैंकिङ चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ पहुँचमा ल्याउने लक्ष्य रहेको छ ।
उक्त कार्याक्रम संचालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्र्दभ सामाग्री निमार्ण गरि यस कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबब्द्घ रहेको जनाएकाे छ ।
बैंकका प्रमुख संस्थागत निक्षेप श्री दिलिप पोखरेलज्यू तथा हेफर नेपालको प्रमुख डा. शुभ नाथ महतोले साे सम्झौतामा हस्ताक्षर गरेका छन् ।
९७ शाखा कार्यालयहरु, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको
बैंककाे दाबी छ ।