काठमाडौं -गुराँस लाइफकोअभिकर्ता प्रशिक्षण सम्पन्न भएकाे छ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सुन्दर पर्यटकीय स्थल पोखराको होटल ग्रान्डमा देश भरिका करिब ४०० उत्कृष्ट अभिकर्ताहरुको संलग्नतामा सम्पन्न गरेकाे हाे ।
MDRT, COT तथा TOT अभिकर्ताहरुलाई सम्मान गर्दै साे कार्यक्रम कम्पनीले समापन गरेकाे हाे । उक्त कार्यक्रमको सञ्चालन कम्पनीका प्रशासन विभाग प्रमुख बोधलाल पुरीले गरेक थिए । स्वागत मन्तब्य भने कम्पनीका पोखरा क्षेत्रिय प्रमुख बाबुराम पौडेले दिएका छन् ।
कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कण्डेलले अभिकर्ताहरुको आर्थिक स्तर कसरी उकास्न सकिन्छ र कम्पनीको व्यवसायलाई कसरी सबल बनाई बीमा क्षेत्रमा योग्दान गर्न सकिन्छ भनी प्रशिक्षण दिएका थिए ।
साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले अभिकर्ताहरु बीमा क्षेत्रको मेरुदण्ड भएकाले देशको अर्थतन्त्र माथि उकास्न अभिकर्ताहरुले आफ्नो पेशालाई अझ परिस्कृत, वस्तु निष्ठ तथा व्यवसायिक बनाउन सल्लाह सुझाव तथा हौसला प्रदान गरेका छन् ।
उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सकारात्मक उर्जा प्रदान तथा क्षमता अभिवृद्धी सम्बन्धि तालिम, उत्प्रेरक सुदिप बस्नेतले प्रदान गरेका छन् । अभिकर्ताहरुले यस अभिकर्ता उत्प्रेरणा कार्यक्रममा प्राप्त गरेका ज्ञान, अनुभवलाई पेशामा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन भएकाे बताइएकाे छ ।