काठमाडौं - नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा श्रीमती प्रेमाराज्य लक्ष्मी सिंह पूर्ननिर्वाचित भएकी छन् ।
कम्पनीको २९फागुनमा भएको ३३ औं वार्षिक साधारण सभाबाट कम्पनीको संचालक समितिको पूर्नगठन भई श्रीमती सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी हुन् ।
बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालबाट कम्पनीको अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहलाई एक कार्यक्रमबीच “बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशीका २०७५”अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
उक्त समारोहमा बीमा समितिको अध्यक्षबाट कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष श्रीमती सिंहको सफल कार्यकालको लागि शुभकामना पनि व्यक्त गरेका छन्। श्रीमती सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा बीमा समितिको अध्यक्षलाई आफ्नो र संचालक समितिको तर्फबाट आभार एवं धन्यवाद ज्ञापन गरिन् ।