काठमाडौं - सिटिजन्स बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना ल्याएकाे छ । डिजिटल बैंकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको हाे ।
वैशाख ७ गतेको १५औँ वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यास ब्याकलगायतका योजनाहरु सार्वजनिक गरेको छ।
सो योजना अन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पाेस र अनलाईनमार्फत रु १००० वा बढीको कारोबार गर्दा एकमुष्ठ रु २०० क्यास ब्याक दिइने बैंकले जनाएकाे छ । यसैगरी पहिलो पटक क्युआरकोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि रु १०० को क्यासब्याक प्रदान गरिने व्यवस्था गरिएको छ ।
डिजिटल भुक्तानीको अर्को माध्ययम इ कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ योजना अवधी भरमा इकम कार्ड लिन चाहने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने बैंकले जनाएकाे छ ।
त्यस्तै बैंकका अनुसार रु ५,००,००० सम्मको दुर्घटना मृत्यु बीमा तथा रु ५०,००० /-अक्षररुपी स्पचास हजार रुपयाँ मात्रसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/ इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको ए.टि.एम बाट निः शुल्क रकम निकाल्न सकिने व्यवस्था समेत गरेको छ ।
ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै Kiosk सेवाको सुरुवात गरेको छ । Kiosk मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सकिने जनाएकाे छ ।