काठमाडौं - बैंक अफ काठमाण्डूले,बिओके डिबेन्चर २०८६ (क)को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले कमलपोखरीस्थित मुख्य कार्यालयमा ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हाे ।
उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले बुधबार हस्ताक्षर गरेका छन्।
बिओके बैंकले रु. १,०००/– अंकित दरको ११,००,००० कित्ताले हुन आउने रु. १,१०,००,००,०००/– (अक्षरुपी १ अर्ब १० करोड) रकम बराबरको बि.ओ.के डिबेन्चर २०८६ (क),काे ऋणपत्र जारी गर्ननआईबिएललालाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
बिओकेका अनुसार उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको बैंकले जनाएकाे छ बिओके लिमिटेड कम्पनी ऐन बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हाे ।
तत्कालिन बैंक अफ काठमाण्डू लिमिटेड तथा लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०७३/०३/२४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त गरी “क” वर्गको वित्तीय संस्थाको हैसियतले बैंकिङ काराेबार सञ्चालन गर्दै आएको बैंकले जनाएकाे छ ।
देशभर ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुकामार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको बैंकले जनाएकाे छ ।