काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि भक्तपुरको थिमी र काठमाडाैको काँडाघारीमा आफ्नो नयाँ शाखाहरु उद्घाटन गरि सेवा सञ्चालनमा ल्याएकाे छ ।
समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि भक्तपुरको थिमी र काठमाडाैको काँडाघारीमा एभरेष्ट बैंकले नयाँ शाखाहरु २ चैत्र, २०७८ मा उद्घाटन गरेको हाे ।
थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक नबीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका, मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका हुुन् ।
त्यसैगरी, काँडाघारी शाखाको उद्घाटन बैंकका संचालक नबीन भक्त श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका, मेयर कृष्णहरि थापाले संयुक्त रुपमा गरेका हुन् ।
उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौड्याल, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
यसै उद्घाटन समारोहमा संचालक नबीन भक्त श्रेष्ठले थिमी र काँडाघारीका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासनका व्यक्त गरेका छन् ।
हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेकाे तथा देशैभरि छरिएर रहेको आफ्नो ११२ शाखा संजाल, प्रादेशिक कार्यालय , १४५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसेमस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको बैंकले जनाएकाे छ ।