काठमाडौं - पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन् भने हाल ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेकाे बताइएकाे छ । जसमध्ये ४ हजार ४९८ जना होम आइसोलेसनमा रहेका छन् भने ७६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ३१ जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १०२ पुगेको छ । बुधबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएकाे छ।
यससँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ भने ९ लाख ६१ हजार ५६१जना संक्रमणमुक्त भएका छन् ।यस्तै १० वर्ष मुनिका बालबालिका कसैमा पनि कोरोना संक्रमण भएको देखिएको छैन भने ११ देखि २० वर्ष उमेर समूहका २ जना कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।