काठमाडौं - हाल विहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको मौसम विभागले जनाएकाे छ ।
देशका गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने बताएकाे छ।
देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।
आगामी २४ घण्टाका लागि देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/ चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेकाे छ ।