काठमाडौं - विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितेकी छिन् ।
आज बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको २०२२काे मिस वल्र्ड ग्रान्ड फिनालीमा पोल्यान्डकी क्यारोलिना बेइलावस्का विजेता घोषित भएकी हुन् ।
अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् ।
अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिराएकी थिइन् । मिस वर्ल्डको मुख्य विधा मानिने ब्यूटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ ।
नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ विश्व सुन्दरी प्रतियोगिता अन्तिम १२ बाट नै बाहिरिन् ।
क्यारोलिना पोल्यान्डबाट विश्व सुन्दरी जित्ने दोस्रो प्रतिस्पर्धी हुन् । पीएचडी गर्ने तयारीमा रहेकी क्यारोलिना मोडल समेत रहेकी छिन् ।
कोरोना महामारीको कारण यसपटकको फिनालीमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए ।