भोजपुर - सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शेरबहादुर देउवा नेतृत्वको सरकारले वैशाख ३० गते नै निर्वाचन गर्ने बताएका छन् ।
भोजपुरको उत्तर षडानन्द नगरपालिका वडा नम्बर ७ मा भारत सरकारको सहयोगमा निमार्ण भएको १५ शय्या क्षमताको महात्मा गान्धी मेमोरियल अस्पतालको नवनिर्मित भवनको उद्घाटनका गर्दै मन्त्री कार्कीले तोकिएको समयमा नै निष्पक्ष र धाँधलीरहित रुपमा अहिलेको सरकारले निर्वाचन सम्पन्न गर्ने बताएका हुन्।
भारतीय राजदूतावास काठमाडौँका नियोग उपप्रमुख नामग्य सी.खम्पासहित अस्पताल उद्घाटनका लागि आउनुभएका मन्त्री कार्कीले नेपालमा जलश्रोत, कृषि, पर्यटनको सम्भावना भएकाले सबै एकजुट भएर विकासलाई अगाडी बढाउन सकिएमा नेपाललाई १० वर्षभित्र एसियाको धनी देशका रुपमा विकसित गर्न सकिने बताएका छन् ।
देशबाट गरिबी अन्त्य हुनु जरुरी रहेको बताउनुहुँदै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भारत लगायतका छिमेकी मुलुकहरूको सहयोग लिएर समाजबाट गरिबी र बेरोजगार हटाउनुपर्ने बताए ।