धादिङ - सल्यानकोट माध्यमिक विद्यालयमा अभिभावक भेला तथा शिक्षक अभिभावक संघ पुनर्गठन सम्पन्न गरेकाे छ ।
बुधबार सल्यानकोट मा. वि त्रिपुरासुन्दरी ०५ सुनपोखरीमा अभिभावक भेला तथा कृष्ण बहादुर रिजालको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघकाे पुनर्गठन कार्यक्रम सम्पन्न भएको हाे।
संघकाे पुनर्गठनमा अध्यक्षमा कृष्ण बहादुर रिजाल ,सदस्यहरुमा रुद्र बहादुर बस्नेत, धन कुमारी खड्का ,लिला बयालकोटि ,खिल बहादुर बिस्वकर्मा, शिव थापा , अक्कल बहादुर खत्री ,सरिता आले मगर र मन्जु नेपाली रहेका छन् ।
विद्यालय व्यवस्थापन समिति र त्रिपुरासुन्दरी गाँउपालिकाका अध्यक्ष शम्भु कुमार थापाको प्रमुख आतिथ्यथा तथा साेहि गा.पा.उपाध्यक्ष देविकुमारी पान्डे बुर्लाकोटीको विशेष आतिथ्यथा रहेको थियो ।
सोही कार्यक्रमको अवसरमा विद्यालयमा अक्षयकोषकाे समेत स्थापना गरिएको संघले जनाएकाे छ।
पुर्व विद्यार्थी कुमार धरेलबाट रु.११११११ त्यस्तै गरि भु.पु.विद्यार्थी संघका अध्यक्ष बद्री खड्काद्वारा आफ्नो स्वर्गीय पिताको स्मृतिमा रु.६०००० तथा पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिलानाथ पान्डेबाट रु.१०००० उपलब्ध गरिएको बताइएकाे छ।
स्थानीय समाजसेवी,बुद्धिजीवी,शिक्षक, विद्यार्थी, अभिभावक तथा वडा नं ०५ का जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।