काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले जेठ तेस्रो सातादेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको हाे ।
स्रोतका अनुसार शुक्रबार बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्ने जनाइएकाे छ । हरेक परीक्षा केन्द्रमा बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ ।
गत वर्षदेखि कोभिड १९ को कारण बोर्डले प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रआफैंले प्रिन्ट गर्नु पर्ने जनाएकाे छ ।
गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको हाे। बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिने बताएकाे छ ।