काठमाडौं - हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदुर पश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने छ।
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको र हिमाली भू-भागका थोरै स्थानहरुमाहल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार सुदुर पश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा सामान्यतया मौसम सफा रहने छ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टामा देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागकाे अनुरोध छ ।