काठमाडौं– स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि दुई दिन उम्मेदवारी दर्ता गर्न वैशाख ११ र १२ गते समय छुट्याएको जनाएको हाे ।
आयोगले १२ गते नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने जनाएको छ।
आयोगका अनुसार १३ गते उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ गते मनोनयन पत्र जाँच गर्नेछ ।
साे उजुरीमाथि जाँचबुझ गरेर निर्णय गर्ने आयोगले जनाएको छ।
उम्मेदवारले आफ्नो नाम फिर्ता र अन्तिम नामावली प्रकाशनका लागि १६ गते छुट्याइएको छ भने १७ गते चुनाव चिन्ह प्रदान गर्ने तालिका बनाएको आयोगले जनाएको छ।