[caption id="attachment_23157" align="alignnone" width="476"]
राम तामङ[/caption]
पछिल्ला केही दशकमा अन्तर्राष्ट्रिय समुदायमा नेपालको उपस्थिति देखिएतापनि नेपालको उपस्थितिले त्यति महत्त्व पाएको देखिएन । सन् १९६० को दशकमा राजा महेन्द्रले संयुक्त राज्य अमेरिकाको भ्रमण गर्दा देखिएको अमेरिकी जनताको उत्साह र अमेरिकाले गरेको सम्मान त्यसपछिका कुनै पनि उच्चस्तरीय भ्रमणहरूले पाउन सकेनन् । अहिलेको समयमा हाम्रा राज्यका प्रमुखहरू अमेरिकी राष्ट्रपतिस“ग तस्वीर खिचाउन पाउँदा पनि आफूलाई गर्व महसुस गर्दछन् ।
किन र कसरी नेपालको कूटनीतिक छबि अन्तर्राष्ट्रिय स्तरमा खस्कि“दै गयो ? अन्तर्राष्ट्रिय स्तरमा मुलुकको छविलाई राज्य संचालकहरूले कायम राख्न किन सकेनन् ? नेपालको आवाज अन्तर्राष्ट्रिय संघ संगठनमा विलय हुन पुगेको छ । नेपालको कूटनीतिक क्षमता क्षय हुँदै जानुका विविध कारणहरू छन् ।
अहिले रुस–युक्रेन युद्धको सेरोफेरोमा विश्व महाशक्ति राष्ट्रहरूबीच वाकयुद्ध चलेको छ । अमेरिका, रुस, चीन, भारत, जर्मनीलगायतका शक्तिशाली मुलुकहरूबीच रुसले युक्रेनमाथि गरेको हमलालाई पक्ष विपक्षबाट तर्क गरिरहेका छन् । चीनले रुस–युक्रेन युद्धलाई अमेरिकाले सिर्जित गरेको घटनाको रूपमा व्याख्या गरेको छ ।
अमेरिकाले चीन तथा भारतजस्ता विश्वका शक्तिशाली राष्ट्रहरू रुसले युक्रेनमाथि गरेको आक्रमणप्रति मौन बसेकोमा अमावनीयता देखाएको आरोप लगाएको छ । रुसले अमेरिकाको उक्साहटमा आएर युक्रेनले रुसको सार्वभौमसत्तामाथि धाबा बोलेको आरोप लगाएको छ । यी शक्तिशाली राष्ट्रहरूको तर्क–वितर्क चलिरहेकै छ । युक्रेनमाथि रुसको आक्रमण रोकिएको छैन । यसले विश्वको आर्थिक संरचनालाई असर पारिरहेको छ ।
प्रथम र दोस्रो विश्वयुद्धताका असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको नेपालले हालै रुस–युक्रेन युद्धलाई लिएर कुनै एक मुलुकको पक्षमा उभिनुले नेपालको कूटनीतिक असक्षमता प्रकट भइसकेको छ । भारत, चीनजस्ता शक्तिशाली मुलुकहरू मौन बसेको समय नेपालले एउटा मुलुकको पक्षमा आफ्नो मत जाहेर गर्नु र असंलग्न परराष्ट्र नीतिलाई अवलम्बन गर्न नसक्नु आफैंमा एउटा कमजोरी हो ।
नेपाल आफैंमा आयातमा निर्भर एक मुलुक हो । मुलुकलाई यस्तो अवस्थामा पु¥याइएको छ कि कुनै अवस्थाबाट नेपालमा ५÷६ महिना आयात रोकिने हो भने मुलुकको अर्थतन्त्र डामाडोल हुन्छ । यसरी दुई शक्तिशाली राष्ट्रको बीचमा रहेको भूपरिवेष्ठित मुलुक नेपालले अन्तर्राष्ट्रिय जगतमा विश्वले स्वीकार गरेको नेपालको असंलग्न परराष्ट्र नीतिको बर्खिलापमा मत जाहेर गर्नु गलत ठहरिन्छ । जबकि यी दुई ठूला राष्ट्रले समेत असंलग्न परराष्ट्र नीति अवलम्बन गरेका छन् ।
हालै नेपालले अमेरिकी सहयोग एमसीसी परियोजना स्वीकार गरेको छ । नेपालको आर्थिक र पूर्वाधार विकासको रूपमा लिइएको एमसीसी परियोजना नेपालको संसद्ले अनुमोदन गरेसँगै अमेरिकी प्रभाव नेपालले रुस–युक्रेन युद्धमा गरेको असंलग्न परराष्ट्र नीतिको उल्लघंनमा देखिएको विश्लेषण गर्न थालिएको छ ।
हरेक पक्षलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । हामीले नेपाली दृष्टिकोणबाट हाम्रो नजरिया परिवर्तन गरी रुस–युक्रेन युद्धलाई अमेरिकी दृष्टिकोणबाट हेर्ने प्रयास गर्यौं । अमेरिकाले एकदमै विश्वास गरेको भारतसमेत तटस्थ रहनुलाई हाम्रो कूटनीतिक क्षमताले बुझ्ने प्रयास गरेन ।
युक्रेन एक सार्वभौमसत्ता मुलुक हो । तर, अमेरिकी उक्साहटमा उच्च राजनीति नै परिवर्तन भएर हास्य कलाकारलाई (युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की) राजनीतिमा ल्याउनुको अर्काे विडम्बना युक्रेनी नागरिकहरूले भोग्नुपरेको छ । धरातलमा राष्ट्रवादी देखिएका हास्य कलाकार अमेरिकाद्वारा सिर्जित कठपुतली हुन् ।
सन् १९४७ को दशकमा भएको अमेरिका–रुस शीतयुद्धले युरोपमा नेटो र वार्सा प्याक्ट जन्मायो । शीतयुद्धको अन्त्यसँगै रुसबाट १५ वटा राज्यहरू टुक्रिएर नया“ मुलुक बने । शीतयुद्ध ताकाको यूएसएसआर टुक्रिएर रुस र अन्य १५ वटा मुलुकले स्वतन्त्र राज्यको मान्यता पाए । शीतयुद्धको अन्त्य गर्दै नेटो र वार्सा प्याक्टको विघटन गरिने घोषणा गरियो । तर, तत्कालीन शक्तिशाली मानिएको अमेरिकाले युरोपको शक्तिशालीमध्ये एक मानिएको रुसलाई चुनौतीका रूपमा लि“दै नेटोलाई विघटन गरेन ।
पछिल्लो समय अमेरिकाले नै सपोर्ट गर्दै आएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले नेटोको सदस्य बन्ने र युक्रेन र रुसबीच रहेका रुसी बाहुल्यता भएको राज्यहरूलाई स्वतन्त्रता घोषणा गर्न नदिने निर्णय गरे । यो निर्णयप्रति रुष्ट बनेको रुसले आफ्नो सार्वभौमसत्ता जोगाउनका निम्ति युक्रेनलाई नेटोको सदस्य बन्न नदिने निर्णयस्वरूप युक्रेनमाथि आक्रमण गरेको हो । मानवीयतामाथिको दमन अस्वीकार्य हुन्छ । तर, राष्ट्रवादी बन्ने होडबाजी र नेटो सदस्य रहेका युरोपेली मुलुक तथा अमेरिकाको उक्साहटमा आफ्नै मुलुकका जनताको हत्या हुँदा किन जेलेन्स्की सहमतिमा आउन सकेनन् ।
अमेरिकाले अफगानिस्तान, इराक, सिरिया, लिबियाजस्ता मुलुकमा ‘तेल कूटनीति’को रूपमा ध्वस्त बनाउ“दा किन युक्रेनलगायत अन्य युरोपेली मुलुकहरू चुप बसे । नेपालले पनि यस विषयमा आफ्नो दृष्टिकोण परिवर्तन गर्नु जरुरी देखिन्छ । यस्तै, महाशक्ति राष्ट्रको पिछलग्गु बन्नु र राष्ट्रलाई आर्थिक र सामाजिक रूपमा कमजोर बनाउ“दै लैजानु नेपालको कूटनीतिक क्षमतामा क्षयीकरण हुने कारणहरू हुन् ।
हरेक मुलुकको कूटनीतिक उद्देश्य र रणनीति उक्त मुलुकको दीर्घकालीन हित र स्वार्थसँग जोडिएको हुन्छ । तर, मुलुकको हित र स्वार्थलाई कायम राख्न समकालीन रणनीतिले प्रभाव पारेको हुन्छ । मुलुकको हित र स्वार्थका लागि समकालीन रणनीति अवलम्बन गर्दा कुन स्तरमा पुग्ने भन्ने कूटनीतिक उद्देश्यले फरक पार्दछ ।
राजनीतिक गतिरोध र अस्थिरता, परनिर्भरता र दूरगामी चिन्तन नभएका राजनीतिक दल, नेता र शासकीय एजेण्डाको अभावले विश्वले तीव्र रूपमा गति लिँदा नेपालले कछुवाको गति लिन पुग्यो । फलस्वरूप विगत ३०÷४० वर्षकै अन्तरालमा नेपाललाई विश्वले हेर्ने दृष्टिकोण फरक बनिसकेको छ । सूक्ष्म विश्लेषण गर्ने हो भने नेपालको उपस्थितिलाई विश्व समुदायले कुनै महत्त्वले हेर्ने गरेको पाइ“दैन ।