काठमाडौं - गायन रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले हात पारेका छन् ।
शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।
उपाधिसँगै भूपेन्द्रले ३० लाख रुपैयाँ नगद प्राप्त गरे ।
नेपाल आइडल सिजन–४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप भइ ५ लाख र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भइ ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरे ।
यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा थिए ।
एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ ।