काठमाडौं - मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले लगानी साक्षरता बुटक्याम्प सम्पन्न गरेकाे छ ।
आफ्ना कर्पोरेट साझेदारहरूसँगको शहकार्यमा ६ मार्च देखि ११ मार्च २०२२ सम्म लगानी साक्षरता बुटक्याम्प इन्स्योरेन्सले सफलतापूर्वक सम्पन्न गरेकाे हाे ।
बुटक्याम्पको सम्पूर्ण सत्र पूरा गरेका सबैको लागि निःशुल्क प्रमाणपत्रको व्यवस्था गरिएको थियो। साे बुटक्याम्प ६ दिनसम्म चलेको इन्स्योरेन्स कम्पनीले जनाएकाे छ ।
सहभागीहरूलाई नेपालको शेयर बजारमा आफ्नो लगानी कसरी तत्काल शुरू गर्न सकिने र आवश्यक पर्ने आधारभूत कुराहरूको जानकारी दिइएको बताएकाे छ ।
बुटक्याम्पमा शेयर बजारमा आफ्नो यात्रा सुरु गर्ने योजनामा रहेकाहरूको लागि विशेष रूपमा प्रस्तुत गरिएको जनाइएकाे छ ।
लगानी साक्षरता बुटक्याम्पको अवधिभर मल्पीसँग NIBL ACE क्यापिटल लिमिटेड, Online Securities Pvt. Ltd. का विशेषज्ञहरू रहेकाे कलेजले जनाएकाे छ ।
कलेजका अनुसार बुटक्याम्पमा यस क्षेत्रका विशेषज्ञहरु एसएमटिएम क्यापीटल (SMTM Capital) र दिलिप कुमार मुन्नाकर्मी जस्ता ब्यक्तित्व मार्फत सबैलाई बहुमूल्य जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले धेरै प्रश्नहरू पनि सोधे र सबैको शंका हटाउन तथा सहभागीको जिज्ञासा मेटाउन विशेषज्ञहरूले आफ्नो विचारहरू ब्यक्त गरेकाे बताइएकाे छ ।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८ १२:३६