काठमाडौं - ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेप धितो कर्जा अब अनलाइनबाट नै लिन सक्ने सेवा विस्तार गरेकाे छ।
ग्लोबल आइएमई बैंक लिमिटेडले मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको हाे ।
यसका लागि मुद्दती निक्षेपकर्ताहरुले बैंकको मोबाइल एप Global Smart Plus वा वेभमार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्ने बताइएकाे छ । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुने र यसमा कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने बैंकले जनाएकाे छ ।
यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्ने बताइएकाे छ ।
डिजिटल प्रणालीमार्फत आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन सदैव तत्पर रहिआएको बैंककाे दाबी छ । मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएकाे छ ।