काठमाडौं - नेपाली चलचित्र अवार्डकै सन्दर्भमा पहिलोपटक गौरवमय बाह्रौं अवार्डको रुपमा डि सिने अवार्ड आयोजना हुन लागेकाे छ । बारौं संस्करणको रुपमा आयोजना हुँदै गरेको छायाँछवि डि सिने अवार्डको उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक भएकाे हाे ।
मूलतः नेपाली चलचित्र उद्योगको बृहत्तर हितमा अवार्ड आयोजना प्रारम्भ गरी प्रविधिका माध्यमले चलचित्रको
गुणस्तर वृद्धि तथा सिर्जनाकर्मी, पौरखी हातहरुलाई प्रोत्साहन–सम्मान गरी बृहत्तर चलचित्र उद्योगको परिदृश्यमा
विगत १२ वर्षदेखि डि सिने अवार्ड आयोजना भैरहेको आयोजकले जनाएकाे छ।
आयोजकका अनुसार नेपाली चलचित्र अवार्डकै सन्दर्भमा पहिलोपटक गौरवमय बाह्रौं अवार्डको रुपमा डि सिने अवार्ड आयोजना हुन लाग्दा समग्र नेपाली चलचित्रकर्मीको गौरवमय बनेकाे छ।
छायाँछबिले आयोजना गर्ने यस अवार्ड कोभीडका कारण विगत २ वर्षदेखी आयोजना हुन नसकेकोले २०७६ मा रिलीज
भएका चलचित्रहरुको प्रतिस्पर्धा अहिले गर्न लागिएको छ ।
१२ औँ संस्करणको छायाँछवि डि सिने अवार्डका लागि वर्ष २०७६ मा रिलिज भएका ६१ चलचित्रमध्ये प्रिजज मार्फत ३६ चलचित्र छानिएका थिए । जसमध्ये यस पटकको अवार्डमा सहभागीताका लागि आव्हान गर्दा विभिन्न कारणले केही चलचित्र भने सहभागीता जनाउन नआएकाे आयोजकले बताएकाे छ ।
बाह्रौं छायाँछवि डि सिने अवार्डका लागि लेखक निर्देशक कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेति, प्रतिष्ठित
संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री मोडल तथा साहित्यकार शोभीता सिंखडा निर्णायक रहेका थिए ।
अवार्ड चैत्र १२ गते काभ्रेको धुलीखेलमा सम्पन्न हुने भएकाे छ । कार्यक्रम संयोजक समीर लामाकाअनुसार अवार्ड भब्यताका साथ सम्पन्न गरीने बताएका छन् । अवार्डका अध्यक्ष शान्तिप्रियले अब हरेक वर्षको अवार्ड नियमीत रुपले गर्दै लगिने बताए ।