काठमाडौं - हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।विभागका अनुसार प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन\चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएकाे छ।
पहाडी भू-भागको एक वा दूई स्थानमा मेघ गर्जन \चटयाङ को सम्भावना रहेकोहुनाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेकाे छ ।