मोरङ- प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निर्धारित समयमै सम्पन्न हुने बताएका छन् ।
प्रधानमन्त्री देउवाले मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ७ को प्रशासनिक भवनको शिलान्यास गर्ने क्रममा साे बताएका हुन् ।
उनले निष्पक्ष ,भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।अगामी स्थानीय तहको निर्वाचन निष्पक्ष ,भयरहित वातावरणमा निर्धारित समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले निर्वाचनको मिति कुनै पनि हालतमा तलमाथि नहुने भन्दै निर्वाचन आयोगलाई सरकारले भरपुर सहयोग गरिरहेको पनि बताएका छन् ।