काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नाै लाखकाे आर्थिक सहयोग प्रदान गरेकाे छ ।
संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कर्णाली प्रदेशका विभिन्न विद्यालय, वृद्घाश्रम तथा अस्पतालमा नाै लाख बराबरकाे आर्थिक सहयोग सिटिजन्स बैंकले प्रदान गरेकाे हाे ।
सर्वसाधारणलाई भरपर्दो एवं गुणस्तरिय बैंकिङ सेवा तथा सुविधा दिदैँ आएको बैंकले आउँदै गरेको वैशाख ७ गते १५औँ वार्षिकोत्सव मनाउँदै छ।
यस अन्तर्गत जाजरकोट जिल्लाको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय , सिमिकोट जिल्लाको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय , डोल्पा जिल्लाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगु जिल्लाको माहाकाली मोडल हाई स्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिर प्रत्येकलाई रु५०,०००/- हस्तान्तरण गरेको बैंकले जनाएकाे छ ।
साथै जुम्ला जिल्लाको जनता माध्यमिक विद्यालय (प्राबिधिक धार)लाई रु १,००,०००/-साथसाथै हुम्ला जिल्लाको लालिगुँराश मा.वि, कोट मा.वि तथा हिमज्योती मा.वि प्रत्येकलाई रु ३३,३३३/- बैंकले हस्तानतरण गरेको छ ।
विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै विद्यालयलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन बैंकले आर्थिक सहयोग प्रदान गरेको छ ।
यस सहयोगबाट सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने विश्वास बैंकले लिएको छ।
साथसाथै बैंकले हुम्ला जिल्लाको हिमालयन चिल्ड्रेन सोशाईटी ,कैलाश मानशरोभर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेत जिल्लाको साझा घर प्रत्येकलाई रु ५०,०००/- हस्तानतरण गरेको छ ।
यस सहयोगले असहाय, अशक्त, सडक तथा सार्वजनिक स्थलमा वेवारिसे,मानसिक अवस्थाबाट विचलित, पारिवारिक पुर्नस्थापना, अनाथ तथा बेसहाराहरुको शिक्षा, स्वास्थ्य र खानपानमा टेवा पुग्ने बैंककाे भनाइ छ ।
यस सहयोगले गरिब र पिछडिएका परिवारका बच्चाहरूलाई निःशुल्क शिक्षा, खाना र आश्रय पनि उपलब्ध गराउन मद्दत गर्ने बैंककाे अपेक्षा छ।यसकासाथै बैंकले डोल्पा जिल्लाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्र प्रत्येकलाई रु ५०,००० /- हस्तानतरण गरेको छ ।