काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेकाे छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा सेञ्चुरी बैंककाे पेप्सीकोला शाखाले २०७८ चैत्र ७ गते एक दिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको हाे ।
साे दन्त शिविर कार्यक्रममा एक सय ८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गरेकाे बैंकले जनाएकाे छ । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको बताइएकाे छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएकोमा १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंककाे विश्वास छ ।