काठमाडौं – नेपाली नयाँ वर्ष २०७९ को अवसरमा बेनेलीले नयाँ क्याम्पेनअन्तर्गत “सोझै २५,००० क्यास डिस्काउन्ट”, नो शेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको छ ।
नेपाली नयाँ वर्ष २०७९ को अवसरमा इटालीको उत्कृष्ट बाइक कम्पनी, बेनेलीका बाइक र स्कुटरका सबै भेरियन्टका लागि रु. २५,००० सम्मको नगद छुटको घोषणा गरेको हाे ।
बेनेली बाइकका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध रहेको बेनेली कम्पनीले जनाएकाे छ ।
कम्पनीले यो नयाँ वर्षको अफरले निरन्तर बढिरहेको ७,००० भन्दा धेरै उत्साही राइडरहरुको परिवारमा थप वृद्धि ल्याउने विश्वास लिएको छ । ६ वर्षभन्दा बढी समयदेखि केटिएम इन्टरनेशनल ट्रेडिङ प्रा. लि. नेपालका लागि ११० वर्ष पुरानो इटालियन ब्रान्ड बेनेलीको एकमात्र आधिकारिक वितरक र बिक्रेता हो ।
ईटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सृग्मेन्टका बाइकहरु नेपालमा उपलब्ध छन् भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ लोकप्रिय बन्दै गएको कम्पनीले बताएकाे छ । बेनेली बाइकहरु अत्याधुनिक सुविधाहरु, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय मानिन्छन् ।
सबै प्रकारका राइडरहरुको आवश्यकता पूरा गर्ने बेनेली को १५०सिसीदेखि ७५२सिसी सम्मका विभिन्न बाइकहरु नेपालमा उपलब्ध रहेकाे कम्पनीकाे दाबी छन् । बेनेली कम्पनीका अनुसार यस ब्रान्ड परिष्कृत सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि विश्वव्यापी रुपमा परिचित छ ।
बेनेलीले भर्खरै ९४ किलो तौलसहित थुप्रै सुविधाहरु रहेको Panarea 125 नेपालमा उपलब्ध गराएको छ । नेपालमा स्थापना भएदेखि नै बेनेलीले आफ्ना ग्राहकका विभिन्न योजना र अफरहरु ल्याइरहेको छ ।