काठमाडौं - साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग फराकिलो अन्तरले पराजित भएको छ ।
आयोजक भारतले ५ गोल गर्दा नेपालले एक गोल मात्रै फर्काउदै चार गाेलले पराजित भएकाे हो ।
नेपालका लागि सन्दीपा भोलानले एक गोल गरेकी हुन् । प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो ।
त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको नेपाल अन्तिम खेल बंगलादेशविरुद्ध खेल्नेछ ।