काठमाडौं - एनएमबिको सहुलियतपूर्ण कर्जाबाट उखु किसानहरु लाभान्वित भएका छन् ।कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएकोमा लाभान्वित भएका हुन् ।
प्रदेश नं. २ मा हालसम्म १५६ जना उखु किसानहरुलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको बैंकले जनाएकाे छ ।
उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग बैंकले सम्झौता गरेको जनाएकाे छ ।
सम्झौता अनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहान गर्दै किसानहरुलाईसहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो ।
कर्जा प्रवाह भएपश्चात हालसालै गरेको स्थलगत निरिक्षणमा अधिकांश किसानहरुको जिवनस्तर परिवर्तन भएको र किसानहरुले उखु बिक्रिबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पाईएको बैंकले जनाएकाे छ ।
चिनी उद्योगहरुमा उखुको माग हुँदा हुँदै पनि कर्जा नपाउँदा उखु खेती गरी उत्पादन बढाउन नसकेका किसानहरुले, सहुलियपूर्ण कर्जा उपलब्ध गराएपछि आफुलाई प्राथमिकतामा राखेकाे महशुस गरेका बैंकले बताएकाे छ ।