काठमाडौं - जगदम्बा मोटर्स टिभीएसले नयाँ वर्ष २०७९को रौनक थप्न ल्यायो आयो, पायो, पर्यो, सोर्यो योजना ल्याएकाे छ। हरेक नयाँ वर्षमा आफ्नो ग्राहक र शुभ चिन्तकलाई विभिन्न योजनामार्फत आकर्षक उपहारसहित प्रस्तुत हुने क्रममा साे याेजना ल्याएकाे हाे ।
यस योजना अन्तर्गत किने पनि नकिने पनि टिभीएस नेपालको साेसल मिडियामा भाग लिएर हरेक हप्ता रु ५०,००० जित्ने मौका रहेकाे टिभीएसले जनाएकाे छ।
यस योजना अनुसार किन्नु अगाडी tvsnepal.com/newyear मा दर्ता गरेर रु ५०,००० सम्म जित्न पाउने अनि नेपाल भरी TVS को कुनै पनि बिक्रेताबाट टिभीएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाखसम्मको भारी छुट पाउने छ।
साथै बम्परमा किने पनि नकिने पनि साेसल मिडियामा भाग लिएर ३ जना भाग्यशाली विजेताले Apache RR310 जित्ने मौका पाउने बताइएकाे छ ।
यसका साथै हरेक खरिदमा ग्राहकले ०% interest अनि exchange मा मासिक रकम रु. ५,९९९ तिरेर TVS चढेर जान पाउने जनाइएकाे छ ।
टिभीएसले नेपाली बजारमा आफ्नो मोटरसाइकल तथा स्कुटर अन्तर्गत विभिन्न मोडलहरूको बिक्री गरिरहेको जनाएकाे छ । हरेक मोडेलमा ५ वर्षको वारेन्साटीका साथै बिक्री पछि Genuine Parts को सुविधा दिँदै गरेको दाबी टिभीएसले गरेकाे छ ।
नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सको सिइओ( CEO )दीपक अग्रवालले टिभीएसलाई नेपाली ग्राहकहरूले रुचाएको बताए । अहिले टिभीएसको बजारमा माग बढेको हुनाले खुशी हुँदै यस योजनाले ग्राहकलाई मध्यनजरमा राखेर बिक्रिलाई नयाँ उचाईमा पुराउने उद्देश्य रहेकाे हो भनेर उनले ब्यक्त गरेका छन् |
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक रहेका जनाएकाे छ ।