काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालयलाई प्रतिक्षालय निर्माण गरेकाे छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत जालपा माध्मिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर बझाङ शाखाबाट बैंकले हस्तान्तरण गरेको हाे ।
विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई घाम पानीबाट बच्न सजिलो होस् भन्ने उद्देश्यले बैंकले प्रतिक्षालय निर्माण गरेको जनाएकाे छ ।
विद्यालयको प्राङ्गरणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तमबहादुर मल्ललाई प्रतिक्षालय निर्माणपछि हस्तान्तरण गरिएको कुरा बझाङ शाखाका प्रमुख हेम बोहराले जानकारी गराएका छन् ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक मल्लले विगतदेखि नै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणिय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेकोय बैंकले जनाएकाे छ ।
नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस बैंकको दाबी छ ।