काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको छ ।
ग्राहकहरुलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाईन बैंकले स्थापना गरेको हाे ।
यस हेल्पलाईन सेवा अन्तर्गत ग्राहकहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरुको कुनै जिज्ञासा भएमा सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सकिने बताइएकाे छ ।
बैंकको मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोर्ड , डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम तथा पीअाेसको कारोबारमा केहि समस्या आएमा हेल्पलाईन नम्बर ०१–५९१९९११ वा इमेल ठेगाना
[email protected] बाट सिधै सहयोग लिन सकिने बैंकले जनाएकाे छ।
बैंकले सार्वजनिक गरेको यस हेल्पलाईन सेवाले ग्राहकहरुको बैंकिङ कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको दाबी गरेकाे छ ।