काठमाडौं - आइएमई र मिदासबीच सहकार्य कक्षा १ देखि १० सम्म निशुल्क ई‐लर्निङको व्यवस्था गरेकाे छ ।
आइएमई ग्रुपद्वारा प्रवद्र्धित न आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई ई‐लर्निङमार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा. लिसँगको सहकार्यमा ई‐लर्निङ प्रवद्र्धन अभियान सुरु गरेको हाे ।
सोही अभियान २२ मार्च २०२२ देखि १४ मे २०२२ ( ८ चैत्र २०७८ देखि ३१ वैशाख २०७९) सम्म जम्मा ५४ दिनको लागि लागु हुने बताइएकाे छ ।
यस अभियानमा, नेपालमा सफलतापूर्वक विदेशबाट आइएमईमार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ ।
लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिकंमा क्लिक गरेर सरलीकरण शिक्षा एप ईन्स्टल गर्न सकिनेछ । एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउनेछन् ।
सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक/शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुँदै जाने विश्वास अभियानको रहेकाे छ ।