काठमाडौं - सानिमा बैंक लिमिटेडले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।
बुधबार सिराहाको मिर्चैयामा शाखा स्थापना गरी सानिमा बैंकले बैंकिङ सेवा विस्तार गरेको हाे ।
उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डेज्यूले संयुक्त रुपमा गरेका हुन् ।
समुद्घाटन् समारोहमा मह जोडीले सिराहाको मिर्चैयामा संचालनमा आएकोमा बैंक शाखालाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।
त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् ।
देशका सातै प्रदेशमा १२५ कार्यालय र ११४ वटा ए.टि.एम. संचालनमा रहेकाे सानिमा बैंकको दाबी छ ।