काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लि. र मेराकि हेल्थ सोलुसनबीच स्वास्थ्य सम्झौता भएकाे छ।
सांग्रिला बैंक र मेराकि हेल्थबीच बैंकका कर्मचारी, बैंकका ग्राहक तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हाे ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र मेराकि हेल्थको तर्फबाट प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार मेराकि हेल्थसोलुशनले बैंकका कर्मचारी, ग्राहक महानुभाव तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका स्वास्थ्य जाँच, भ्याक्सिन, कोभिड पि.सि.आर, भिडियो कन्सल्टेसन, टेलि कन्सल्टेशन सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीका बाट प्रदान गर्नेछ ।
स्वास्थ चेक जाँचमा कर्मचारीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
बैंकको अनुरोधमा मेराकिले आफूलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने सम्बन्धमा बैंकका कर्मचारीहरुलाई आधारभुत तालिम प्रदान गर्ने विषय समेत सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
यस सम्झौताले बैंकमा कार्यारत कर्मचारीहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।