काठमाडौं - ग्रेट वाल मोटर्सले एच६ले अस्ट्रेलियासियन न्यू कार एसेसमेन्ट प्रोग्राम (ANCAP) परिक्षणमा हालको २०२०–२०२२ सुरक्षा प्रोटोकलहरुका लागि फाइभ स्टार प्राप्त गरेको छ ।
हाभल एच६ ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९०%, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८%, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३%, र सेफ्टी असिस्टमा ८१% स्कोर ल्याउँदै फाइभ–स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गर्न सफल भएको हाे ।
जि. डब्लु.एम पिक–अप पजवर पछि यस्तो उच्च मूल्याङ्कन प्राप्त गर्ने एच६ जि. डब्लु.एम को दोस्रो गाडी रहेकाे छ ।
ANCAP को अनुसार हाभल एच६ ले साइड इफेक्ट र अब्लिक पोल टेस्ट, फ्रन्ट–र–रियर–सिट अक्युप्यान्ट ह्विप्ल्यास प्रोटेक्सन र फ्रन्टल अफसेट टेस्टमा फ्रन्ट–सिट प्यासेन्जर प्रोटेक्सनमा पूर्णाङ्क पाएको छ ।
चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा “परप्परागत विशिष्ट बाल प्रतिबन्धहरुको दायरालाई सुरक्षित रुपमा समायोजन गर्ने” एच६ लाई ANCAP ले प्रशंसा गरेको बताएकाे छ ।
यसैगरी ANCAPले टर्न–अक्रस–पाथ इन्टरसेक्सन परिक्षणमा अर्को गाडीसँग ठोक्किनबाट रोक्ने क्षमता भएकोमा हाभाल एच६ को जंक्सन असिस्ट फिचरको पनि प्रशंसा गरेको छ ।
हाभाल एच६ले सबै आपतकालिन लेन राख्ने परिक्षण अवस्थाहरुसँगै कार–टु–कार र कार–टु–साइक्लिस्ट अटोनेमस इमर्जेन्सी ब्रेकिङ क्षमताहरुलाई राम्रो मूल्याङ्कन गरेको छ ।
ग्रेट वाल मोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ ।
कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।
२०२५ सम्ममा विश्वबजारमा ४० लाख सवारी साधन बिक्री गर्ने लक्ष्यलाई पछ्याउँदै आफ्नो बिक्रीको ८०% भन्दा बढी हिस्सा नयाँ उर्जाका सवारी साधनहरुको हुने अपेक्षा राखेको कम्पनीले जनाएकाे छ ।